Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिगुलाफ बोकेर जनतासँग प्रेम साट्न कालिकोट जादै प्रकाण्ड

गुलाफ बोकेर जनतासँग प्रेम साट्न कालिकोट जादै प्रकाण्ड


काठमाडौं । नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रेमको प्रतीक गुलाफको फूलसहित जनतासँग प्रत्यक्ष संवाद र आत्मीयता जोड्न कालिकोटतर्फ प्रस्थान गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारसमेत रहनु भएका प्रकाण्डले यसपटक आफ्नो चुनाव चिन्हका रूपमा गुलाफको फूल  रोजेका हुन् ।

जनतासँग गहिरो प्रेम, विश्वास र प्रतिबद्धता जोड्न सक्ने पार्टी माओवादी भएकाले गुलाफलाई चुनाव चिन्ह बनाइएको उनको भनाइ छ।

माघ ६ गते गुलाफको फूलसहित मान्म पुगेर उम्मेदवारी दर्ता गराएका प्रकाण्ड केही दिन काठमाडौंमा राजनीतिक काममा व्यस्त रहेका हुन्।

त्यसपछि कालिकोट फर्किने क्रममा उहाँ मंगलबार सुर्खेत पुग्नुभएको र बुधबार साँझसम्म मान्म आइपुग्ने नेकपा (माओवादी) कालिकोटका जिल्ला सेक्रेटरी बलवान सीले जानकारी दिएका छन् ।

जनयुद्धका संस्थापक नेतामध्ये एकका रूपमा चिनिने प्रकाण्डप्रति यसपटक कालिकोटका मतदाताहरूको चासो बढेको देखिएको छ।

विगतमा पटक–पटक अन्य उम्मेदवारलाई जिताउँदा भ्रष्टाचार र कमिशनको राजनीति मौलाएको भन्दै अब परिवर्तनका लागि प्रकाण्डलाई जिताउनुपर्ने आवाज जिल्लाभर उठ्न थालेको माओवादीको दाबी छ।

मान्म पुगेपछि प्रकाण्डसहितको टोली गाउँ–गाउँ, टोल–टोल पुगेर गुलाफ चिन्हमा मत माग्ने कार्यक्रम तय भएको छ। स्थानीय बासिन्दाले समेत एकपटक सबै जनतालाई प्रत्यक्ष भेटेर आफ्ना कुरा राख्नुपर्ने माग अघि सारेका हुन् ।

अन्त्यमा, गुलाफको फूलसँगै भरोसा र परिवर्तनको सन्देश बोकेर प्रकाण्ड कालिकोटको चुनावी मैदानमा उत्रिँदै छन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino