Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिनिर्वाचन आचारसंहिता जारीकै बीच १० जिल्ला न्यायाधीशको सरुवा

निर्वाचन आचारसंहिता जारीकै बीच १० जिल्ला न्यायाधीशको सरुवा


काठमाडौँ । न्याय परिषद्ले १० जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको परिषद् बैठकले यो निर्णय गरेको हो।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गरिसकेको अवस्थामा सरुवा निर्णय आएको हो।

परिषद्का प्रवक्ता रामप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौं जिल्ला अदालतमा कार्यरत चार न्यायाधीशलाई अन्यत्र सरुवा गरिएको छ। त्यस्तै, तीन जना न्यायाधीशलाई काठमाडौं जिल्ला अदालतमा जिम्मेवारी तोकिएको छ।

बैठकले लोकसेवा आयोगमार्फत छनोट भएका २० जना जिल्ला न्यायाधीशको पदस्थापनाको निर्णयसमेत गरेको छ। साथै, उपभोक्ता अदालतको अध्यक्षका रूपमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टलाई सिफारिस गर्ने निर्णय भएको हो।

यसैगरी, बीमा ऐनअन्तर्गत कसुरसम्बन्धी मुद्दाको सुनुवाइका लागि देशभरका ७७ वटै जिल्ला अदालतलाई अधिकार तोक्ने निर्णय पनि परिषद्ले गरेको जानकारी गराएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino