Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिनिर्वाचन सुरक्षामा कडाइ: दोलखामा करिब १ हजार सेना, बैतडीमा २ हजार ६ सय सुरक्षाकर्मी परिचालन

निर्वाचन सुरक्षामा कडाइ: दोलखामा करिब १ हजार सेना, बैतडीमा २ हजार ६ सय सुरक्षाकर्मी परिचालन


काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले दोलखा र बैतडी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

नेपाल सरकारको निर्णयअनुसार दोलखा जिल्लामा करिब १ हजार जना नेपाली सेना परिचालन गरिएको छ।

जिल्लाको भौगोलिक अवस्था तथा संवेदनशीलतालाई मध्यनजर गर्दै २०८२ माघ २१ गतेदेखि नै सेना परिचालन गरिएको सम्बन्धित निकायले जनाएको हो।

निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्ने, मतदाता तथा उम्मेदवारको सुरक्षामा ध्यान दिने र निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गराउने लक्ष्यका साथ सेना परिचालन गरिएको बताइएको छ।

यस्तै, बैतडी जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब २ हजार ६ सय सुरक्षाकर्मी खटाइने भएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा निर्वाचन सुरक्षाकर्मीको संयुक्त परिचालन गरिनेछ।

जिल्ला सुरक्षा समितिले बैतडीका १ सय २९ मतदानस्थलमध्ये ३३ अति संवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरेको छ। जिल्लाभर २ सय १४ मतदान केन्द्र कायम गरिएका छन्।

निर्वाचन व्यवस्थापनका लागि १ हजार ४ सय ४२ जना कर्मचारी खटाइने निर्वाचन कार्यालयले जनाएको छ।

कर्मचारी परिचालनको तयारी अन्तिम चरणमा पुगेको छ। बैतडीमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् भने कुल मतदाता संख्या १ लाख ५६ हजार ३ सय ७२ रहेको छ।

प्रशासन, सुरक्षा निकाय र सरोकारवाला पक्षबीचको समन्वयमा निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र विश्वसनीय बनाउन आवश्यक सबै तयारी अघि बढाइएको जानकारी गराएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino