काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज चितवन पुगेका छन्।
बिहीबार दिउँसो बुद्ध एयरको विमानमार्फत भरतपुर विमानस्थल अवतरण गरेका लामिछानेले चितवनमै विभिन्न धार्मिक तथा व्यक्तिगत कार्यक्रम तय गरेका हुन् ।
उनका स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछानेले लंकुस्थित लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्ने कार्यक्रम छ। त्यसपछि भरतपुरको विशालचोकस्थित आफ्नै निवासमा गृहप्रवेशको कार्यक्रम राखिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी घरदैलो तथा भेटघाट कार्यक्रम अघि बढाउन उनी चितवन आएका हुन्।
लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार रहेका छन्। यसअघि जनकपुरको कार्यक्रममा सहभागी हुँदा खुट्टामा चोट लागेपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका उनी डिस्चार्जपछि केही दिन विश्राममा रहेका हुन् ।
स्वास्थ्यमा सुधार आएपछि उनी पुनः सक्रिय राजनीतिमा फर्किएका हुन्। लामिछाने यसअघि पनि सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्।
निर्वाचन नजिकिँदै जाँदा चितवनमा राजनीतिक सरगर्मी थप बढ्ने संकेत देखिएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया