सेयर बजारमा हरियाली, नेप्से २७ अंक उकालो, कारोबार साढे ११ अर्ब नाघ्यो
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली सेयर बजारले उत्साहजनक गति लिएको छ।
नेप्से परिसूचक बिहीबार दोहोरो अंकले उक्लिँदै २७ अंकभन्दा बढीको सुधार देखाएको हो। बजार १.०१ प्रतिशतले बढेर २ हजार ७०८.७० विन्दुमा पुगेको छ। चार कारोबार दिनपछि नेप्से फेरि २७ सयको मनोवैज्ञानिक विन्दु पार गर्न सफल भएको छ । यसअघि माघ १८ गते नेप्से २६ सय ९४ विन्दुमा झरेको हो।
आजको कारोबारमा २०१ कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको मूल्य घटेको छ भने,४ कम्पनी स्थिर रहेका छन् । अधिकांश कम्पनीको सेयर मूल्यमा वृद्धि देखिँदा समग्र बजार उकालो लागेको हो। कुल १ लाख ८ हजारभन्दा बढी पटकको कारोबारमा ३ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्। यसबाट ११ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा उल्लेख्य वृद्धि छ ।
उपसमूहतर्फ हेर्दा व्यापारबाहेक सबै समूह हरियालीमा देखिएका छन्। व्यापार समूह भने १८ अंकभन्दा बढीले घटेको छ। सबैभन्दा बढी निर्जीवन बिमा र जीवन बिमा समूहमा उल्लेख्य वृद्धि देखिएको छ।
लगातारको सुधार र बढ्दो कारोबार रकमले सेयर बजारमा लगानीकर्ताको आत्मविश्वास फर्किँदै गएको संकेत देखिएको हो।आगामी दिनमा बजारको चाल कस्तो रहन्छ भन्ने चासो बढ्दै गएको छ।
ताजा अपडेट
- निर्वाचन अघि भ्रामक सामग्री फैलाउनेविरुद्ध सरकारको कडा चेतावनी
- इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
- नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने
- निर्वाचन आयोगको चेतावनी: नगद चलखेल भए उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध
- कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो
- इरानको कडा चेतावनी ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको घोषणा
- Spil Chicken Road 2 Online – Få Demoen Gratis og Se Om du Vinder
- इरानमा आक्रमण, बालिका विद्यालय लक्षित हुँदा ५७ जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया