Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिसहिदको घरमा प्रकाण्ड, आमाको आँसु देखेर भावुक

सहिदको घरमा प्रकाण्ड, आमाको आँसु देखेर भावुक


काठमाडौं । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–२ मा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘क. प्रकाण्ड’ सहिद क. भेरीको घर पुगेका छन्। सहिदको तस्बिर अगाडि उभिँदै जनयुद्धको सपना अझै अधुरो रहेको बताउँदै उनले माओवादी संघर्ष जारी रहेको स्पष्ट पारे।

सहिदकी आमाले छोराको सम्झनामा आँसु झार्दै “छोराले देखेको सपना पूरा होस्” भन्दै भावुक अपिल गरेपछि वातावरण नै गम्भीर बनेको हो। आमाको आँसु देखेर उपस्थित कार्यकर्ता र स्थानीयवासी समेत भावुक बनेका हुन् ।

प्रकाण्डले आमालाई सम्झाउँदै भने,“आमा, हामी नै हजुरकै छोरा हौँ अब हजुरको छोरोले देखेको सपना अधुरो रहन दिने छैनौँ। उसले देशका लागि दिएको बलिदानको रक्षा गर्नु अब हाम्रो जिम्मा हो।”

त्यस अवस्था प्रवक्ता प्रकाण्डले भने, “यो चुनाव कुनै व्यक्ति वा पार्टीको मात्र होइन, यो जनताको चुनाव हो। यो चुनाव राष्ट्रले जित्नुपर्छ, कालिकोटले जित्नुपर्छ।”उनले कालिकोटको निर्णयले राष्ट्रिय राजनीतिमा गहिरो असर पार्ने दाबी गर्दै चेतावनीपूर्ण शब्दमा भने, “यदि यो चुनाव कालिकोट हार्यो भने देश हार्छ। यो वर्गीय संघर्षको मुद्दा हो।”

प्रकाण्डले सहिदहरूको बलिदान सम्झँदै जनताको भावना, वर्ग र समुदायको प्रतिनिधित्व गर्ने शक्तिलाई जिताउन आग्रह गरे। दलाल, कमिसनखोर र स्वार्थमा डुबेका उम्मेदवारहरूलाई अस्वीकार गर्न उनले जनतालाई आह्वान गरेका छन्।

सहिदको आमाको आँसु, जनयुद्धको अधुरो सपना र कालिकोटको भविष्य एकै ठाउँमा जोडिएको यो दृश्यले चुनाव केवल मतदान नभई बलिदान र संघर्षको निरन्तरता भएको सन्देश दिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino