अफगानिस्तानको शानदार जित : युएई ५ विकेटले पराजित
काठमाडौं। आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आज सम्पन्न खेलमा अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (युएई)लाई ५ विकेटले पराजित गरेको छ ।
नयाँ दिल्ली अरुण जेट्ली स्टेडियममा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६० रन बनायो। सोहैब खानले ४८ बलमा ६८ रनको उत्कृष्ट इनिङ खेले भने आलिशान शराफूले ४० रन जोडेकाहुन् ।
बलिङतर्फ अफगानिस्तानका अजमतुल्लाह ओमरजाई प्रभावशाली बने। उनले ४ ओभरमा मात्र १५ रन खर्चेर ४ विकेट लिए। कप्तान राशिद खानले एक विकेट हात पार्दै टी–२० करियरमा ७०० विकेट पूरा गर्ने ऐतिहासिक उपलब्धि हासिल गरे। मुजिब उर रहमानले पनि किफायती बलिङ गरेका छन् ।
१६१ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। इब्राहिम जाद्रानले ५३ रनको अर्धशतक प्रहार गरे। अन्तिम समयमा अजमतुल्लाह ओमरजाईले २१ बलमा अविजित ४० रन जोड्दै टोलीलाई ४ बल बाँकी छँदै जित दिलाए। दरविश रसुलीले ३३ रन बनाएका हुन् ।
युएईका जुनैद सिद्दीकी र मोहम्मद अर्फानले समान २–२ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। यो अफगानिस्तानको तेस्रो खेलमा पहिलो जित हो। ३ खेलबाट २ अंक जोड्दै उसले सुपर–८ को सम्भावना कायम राखेको छ। युएईको पनि ३ खेलबाट २ अंक रहेको छ।
अब समूह चरणको अन्तिम खेलमा युएईले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ भने अफगानिस्तानले क्यानडासँग भिड्नेछ।महत्त्वपूर्ण जितसँगै अफगानिस्तानले प्रतियोगितामा पुनरागमन गरेको छ। आगामी खेलहरूले दुवै टोलीको यात्रा तय गर्नेछन्।
ताजा अपडेट
- निर्वाचन अघि भ्रामक सामग्री फैलाउनेविरुद्ध सरकारको कडा चेतावनी
- इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
- नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने
- निर्वाचन आयोगको चेतावनी: नगद चलखेल भए उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध
- कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो
- इरानको कडा चेतावनी ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको घोषणा
- Spil Chicken Road 2 Online – Få Demoen Gratis og Se Om du Vinder
- इरानमा आक्रमण, बालिका विद्यालय लक्षित हुँदा ५७ जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया