Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनिति४० दिनमै सकियो प्रतिनिधिसभा निर्वाचनका सबै मतपत्र छपाइ

४० दिनमै सकियो प्रतिनिधिसभा निर्वाचनका सबै मतपत्र छपाइ


काठमाडौं  । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ कार्य सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निर्वाचन आयोगबाट प्राप्त जिम्मेवारी निर्धारित समयभन्दा अगावै पूरा गरेको  हो।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र सोमबार साँझसम्म छपाइ सम्पन्न गरिएको हो। ४२ दिनको कार्यतालिका लिएर सुरु गरिएको छपाइ कार्य ४० दिनमै टुंग्याउन सफल भएको उनले जानकारी दिए।

केन्द्रले दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छपाइ गर्दै आएको हो। समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र सम्बन्धित जिल्लामा पठाउने काम जारी रहेको छ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक सबै मतपत्र पुगिसकेको बताइएको छ भने बाँकी प्रदेशमा पनि आगामी १० दिनभित्र मतपत्र ढुवानी सम्पन्न गर्ने तयारी गरिएको केन्द्रले जनाएको छ। आजदेखि मतपत्र प्याकेजिङ कार्य सकिएसँगै प्रदेश–प्रदेशमा ढुवानी सुरु गरिएको हो।

निर्वाचनको मिति नजिकिँदै जाँदा मतपत्र छपाइ र वितरण कार्य समयमै सम्पन्न हुनु निर्वाचन तयारीको महत्वपूर्ण उपलब्धि मानिएको छ । सम्बन्धित निकायले निर्धारित समयभित्रै सबै जिल्लामा मतपत्र पुर्‍याउने लक्ष्यसहित काम अघि बढाइरहेको जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino