Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठसमाचारकाठमाडौंमा लागुऔषध कारोबारविरुद्ध प्रहरीको कडा कारबाही, ९९ जना पक्राउ

काठमाडौंमा लागुऔषध कारोबारविरुद्ध प्रहरीको कडा कारबाही, ९९ जना पक्राउ


काठमाडौं। नेपाल प्रहरीले गत माघ महिनाभर सञ्चालन गरेको विशेष अभियानका क्रममा लागुऔषध कारोबारमा संलग्न ९९ जनालाई पक्राउ गरेको  छ। पक्राउ पर्नेमा सात महिला समेत रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राजधानीका विभिन्न स्थानमा गरिएको खोजी तथा निगरानी अभियानका क्रममा उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाविरुद्ध ६५ वटा मुद्दा दर्ता गरिएको जानकारी दिइएको हो।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बरामद गरिएका लागुऔषधमध्ये खैरो हेरोइन ५५.१८ ग्राम, ट्रमाडोल २३ हजार ३०० ट्याबलेट, नाइट्राजेपाम दुई हजार ८१३ एम्पुल रहेका छन्।
त्यस्तै गाँजा दुई किलो, डाइजेपाम ९३ एम्पुल, फेनारगन ६२ एम्पुल, नुर्फिन १५१ एम्पुल, नाइट्राभेट १० एम्पुल, स्पामो १२६ क्याप्सुल तथा ‘पोल्याण्ड’ नामक पदार्थ ६७८ ग्राम बरामद गरिएको प्रहरीले बताएको छ।

यसैबीच, काठमाडौंमा पछिल्लो एक महिनामा आत्महत्याका ३६ घटना दर्ता भएका छन्। ती घटनामध्ये १९ देखि ३९ वर्ष उमेर समूहका २७ जना रहेका छन् भने २४ जना पुरुष रहेका छन् । अनुचित लेनदेनसम्बन्धी सात मुद्दा दर्ता भएको र तीमध्ये दुई मुद्दा मिलापत्र भएको जानकारी दिइएको छ। ती मुद्दामा आठ करोड रुपैयाँभन्दा बढीको मागदाबी रहेको छ।

त्यसैले , अपराध नियन्त्रण तथा लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि विशेष अभियानलाई थप प्रभावकारी बनाइने जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ । नागरिकलाई सचेत रहन र शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन समेत आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino