Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठसमाचारसुदूरपश्चिमको वास्तविक विकास र सांस्कृतिक पहिचान जोड्दै रास्वपाको एजेन्डा पूरा गर्ने प्रतिबद्धता: बालेन्द्र शाह

सुदूरपश्चिमको वास्तविक विकास र सांस्कृतिक पहिचान जोड्दै रास्वपाको एजेन्डा पूरा गर्ने प्रतिबद्धता: बालेन्द्र शाह


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले धनगढीमा आयोजित सभामा उपस्थित समर्थकहरूलाई सम्बोधन गर्दै सुदूरपश्चिमको वास्तविक विकास र जनताको काम पूरा गर्ने आफ्नो एजेन्डा प्रस्तुत गरेका छन्।

शाहले भने, “सुदूरपश्चिमलाई जोड्नु पर्छ। गीत बज्नुपर्छ, आवाज उठ्नुपर्छ, अनि माग पूरा गर्नुपर्छ। हाम्रो एजेन्डा सानो जस्तो लाग्न सक्छ, तर यही हाम्रो प्राथमिकता हो।”

उनले थपे, “हामी यहाँ भोट माग्न आएका होइनौं, काम माग्न आएका हौं। तपाईंहरूले भोट नदिए पनि कामको लिस्ट दिनुहोस्, हामी पूरा गर्छौं। हाम्रो लक्ष्य सुरक्षा, स्वास्थ्य, शिक्षा, सडक र समग्र विकास सुनिश्चित गर्नु हो।”

शाहले उदाहरण दिँदै भने,-“मालिक यहाँ छन्। खप्तड नेसनल पार्क, कलाकारहरू र स्थानीय स्रोत यहीँ छन्। हामीले हाम्रो स्रोत र मूल्यलाई प्राथमिकता दिंदै सुदूरपश्चिमको वास्तविक विकास सुनिश्चित गर्नेछौं।”

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा पनि स्पष्ट पारे:-“खल्तीमा पैसा नभएको विपन्न र गरिबले शिक्षा पाउनुपर्छ, त्यो हाम्रो एजेन्डा हो।” “खल्तीमा पैसा नभएको विपन्न र गरिबले चिकित्सा उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेन्डा हो।”
“दुई वर्षमा बन्ने बाटो बिस वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्यो, यो हाम्रो एजेन्डा।”
“यहाँको बाटो किन बनाउने? यो भेकमा मेरो भोट छैन।” भनेर बिकास गर्दैनन् तर “राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने काङ्ग्रेस, एमाले वा माओवादीले हिँड्ने बाटो पनि बनाउँछ।, हामी सबै नेपाली जनताका हिँड्ने बाटो बनाउँछौँ।”

शाहले उदाहरण दिँदै भने,-“मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनु पर्छ भन्छन्। किन बनाउनु पर्यो स्विजरल्यान्ड? किन्की स्विजरल्यान्डको बाउ मालिक यहाँ छ। स्विजरल्यान्डको पराक्रान्त राम रोशन यहीँ छ। खप्तड नेसनल पार्क यहीँ छ। हामी नेपालीहरू माल पाउँछौँ, चाल पाउँदैनौं, भएको चिज देखाउनै सकेका छैनन्। अब हामी सुदूरपश्चिमलाई बनाएर देखाउछौं ।”

यसैगरी उनले सुदूरपश्चिमको सांस्कृतिक पहिचान र कलाकारहरूको महत्त्वमा जोड दिँदै भने,-“भएको चिज देखाउनै सकेका छैनन्। सुदूरपश्चिमलाई जोड्न सकेका छैनन्। सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन यहाँका कलाकारहरू सक्रिय हुन्छन्। सुरुमा गीत बज्नुपर्छ, त्यसपछि आवाज उठ्छ , अनि माग पूरा हुन्छन् ।”

सभा स्थलमा उपस्थित समर्थकहरूले शाहको जनमुखी, विकासमुखी र सांस्कृतिक सन्देश उत्साहपूर्वक स्वागत र समर्थन गरेका छन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino