Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिजनकपुरधामलाई पोस्टररहित बनाउने संकल्प : उम्मेदवार मनिष झाको फरक चुनावी शैली

जनकपुरधामलाई पोस्टररहित बनाउने संकल्प : उम्मेदवार मनिष झाको फरक चुनावी शैली


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार मनिष झा ले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी पोस्टर नटाँस्ने घोषणा गरेका छन्।

नगरको सौन्दर्य जोगाउने उद्देश्यसहित उनले प्रचार–प्रसारमा वैकल्पिक र वातावरणमैत्री उपाय अपनाउने बताएका हुन्। “हामी सुन्दर र व्यवस्थित नगर बनाउने अभियानमा छौँ भने चुनावकै नाममा त्यसलाई बिगार्नु उचित हुँदैन,” उनले भने ।

झाले धनुषा क्षेत्र नं. ३ भित्र पार्टीका कार्यकर्तालाई पोस्टर, पर्चा जथाभावी नटाँस्न निर्देशन दिएका छन्। साथै, अन्य दल र उम्मेदवारलाई पनि स्वच्छ र सभ्य प्रचार अभ्यास अपनाउन आग्रह गरेका हुन् ।

उनका अनुसार, जिम्मेवार राजनीतिक संस्कारको विकास व्यवहारबाटै सुरु हुनुपर्छ। स्थानीय बासिन्दा, नागरिक समाज तथा विभिन्न संघ–संस्थाले झाको निर्णयलाई सकारात्मक रूपमा लिएका छन्।

चुनावी प्रतिस्पर्धाबीच वातावरणमैत्री र अनुशासित प्रचार शैली अवलम्बन गर्ने यो कदमलाई धेरैले उदाहरणीय पहलका रूपमा टिप्पणी गरेका छन्।

पोस्टररहित प्रचारको घोषणा गर्दै मनिष झाले स्वच्छ राजनीति र सुन्दर शहरको सन्देश दिएका छन्। आगामी चुनावी अभियानमा यसले नयाँ अभ्यास र चेतना जगाउने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino