Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिमौसमीय चुनौतीबीच मुस्ताङ पुगिन् प्रधानमन्त्री कार्की, निर्धारित मितिमै निर्वाचन हुने दाबी

मौसमीय चुनौतीबीच मुस्ताङ पुगिन् प्रधानमन्त्री कार्की, निर्धारित मितिमै निर्वाचन हुने दाबी


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की शुक्रबार हिमाली जिल्ला मुस्ताङ पुगेकी छन्।

२१ फागुनमा तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन मौसमका कारण प्रभावित हुन सक्ने चर्चा भइरहेका बेला उनले स्थलगत अवलोकन गरेकी हुन्।

प्रधानमन्त्रीले हिमाली बस्तीहरूको निरीक्षण गर्दै स्थानीय जनजीवन र पूर्वाधार अवस्थाबारे जानकारी लिइन्। स्थानीयबासिन्दासँग अन्तरक्रिया गर्दै उनले सरकारले तोकिएकै मितिमा एकै चरणमा निर्वाचन सम्पन्न गर्ने तयारी गरेको दोहोर्‍याइन्।

मुस्ताङका सरकारी अधिकारीहरूसँगको छलफलमा चुनावी सामग्री ढुवानी, सुरक्षा व्यवस्था र मौसमसम्बन्धी पूर्वतयारीबारे समीक्षा गरिएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले मुक्तिनाथ मन्दिर मा पुगेर दर्शनसमेत गरेकी छन्। प्रधानमन्त्रीको यो भ्रमणलाई हिमाली जिल्लामा चुनावी तयारीको अनुगमन र प्रतिबद्धताको सन्देशका रूपमा हेरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino