शिक्षा प्रमाणपत्रमै सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की
काठमाडौं । सुशीला कार्की ले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने स्पष्ट गर्दै सीप, नवप्रवर्तन र उद्यमशीलतामा केन्द्रित हुन आग्रह गरेकी छन्।
आज पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले समकालीन आवश्यकताअनुसार दक्ष, नैतिकवान् र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएकी हुन् ।
उनले अनुसन्धानमा आधारित प्राज्ञिक गतिविधि, नवीन प्रविधिको विकास र विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड्नुपर्ने बताइन्। “ज्ञान र पाठ्यक्रमलाई आर्थिक समृद्धि र मानव कल्याणसँग जोड्न सकिएन भने त्यसको सान्दर्भिकता कमजोर हुन्छ,” ।
प्रधानमन्त्री कार्कीले अध्ययन सकेपछि ठूलो संख्यामा युवा विदेशिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै बदलिँदो विश्व परिवेशमा प्रतिस्पर्धी बन्ने क्षमता विकास गर्न विद्यार्थी र विश्वविद्यालय दुवै गम्भीर हुनुपर्ने बताइन्।
स्थापनाकालदेखि उच्च शिक्षाको पहुँच विस्तारमा विश्वविद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले अब गुणस्तर अभिवृद्धिमा विशेष ध्यान दिन आग्रह गरिन्। दीक्षार्थीले प्राप्त गरेको प्रमाणपत्र रोजगारीको आधार मात्र नभई समाजका जटिल समस्या समाधान गर्ने क्षमताको संकेत भएको उनको भनाइ छ ।
युवाहरूलाई भावी राजनेता, नीति–निर्माता र समाज रूपान्तरणका संवाहकका रूपमा चित्रण गर्दै उनले आजैबाट सबल आधार निर्माण गर्न आह्वान गरिन्।
प्रधानमन्त्री कार्कीको सम्बोधनसँगै शिक्षा क्षेत्रमा गुणस्तर, सीप र नवप्रवर्तनबारे नयाँ बहस सुरु भएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया