कालिकोटमा ३७ जना नेता नेकपा (माओवादी) प्रवेश,समपूर्ण जनतालाई एकताबद्ध हुन प्रकाण्डको अपिल
काठमाडौं । कालिकोटमा आज ३७ जना नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टी र कांग्रेस छोडेर नेकपा (माओवादी)मा प्रवेश गरेका छन्।
उनीहरुलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) का प्रवक्ता खड्क बहादुर बिश्वकर्मा प्रकाण्डने स्वागत गरेका छन्। साथै, कमरेड प्रकाण्डले आगामी निर्वाचनलाई लक्षित गर्दै कालिकोटका जनतालाई एकताबद्ध हुन अपिल गरेका हुन्।
घरदैलो अभियानको क्रममा सम्बोधन गर्दै उनले कालिकोटका इमानदार र सचेत नागरिकहरूले राष्ट्रको पक्षमा उभिने विश्वास व्यक्त गरेका हुन् । उनले जनताको एकताले सही निर्णय गर्दै देशलाई विजयको दिशामा अघि बढाउने बताए।
प्रकाण्डले निर्वाचन केवल प्रतिनिधि सभा सदस्य छान्ने प्रक्रिया मात्र नभई राष्ट्रको भविष्य निर्धारण गर्ने अवसर भएको उल्लेख गर्दै सबैलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।
उक्त प्रवेश र प्रकाण्डको अपिलसँगै कालिकोटको चुनावी माहोल थप सक्रिय बनेको छ। आगामी निर्वाचनमा जनताको निर्णयले स्थानीय तथा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
ताजा अपडेट
- जेनजी पुस्ताका अगुवा मिराज ढुङ्गाना कांग्रेसमा प्रवेश गर्दै
- निर्वाचन अघि भ्रामक सामग्री फैलाउनेविरुद्ध सरकारको कडा चेतावनी
- इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
- नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने
- निर्वाचन आयोगको चेतावनी: नगद चलखेल भए उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध
- कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो
- इरानको कडा चेतावनी ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको घोषणा
- Spil Chicken Road 2 Online – Få Demoen Gratis og Se Om du Vinder
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया