Techie IT
  • सोमबार, फागुन १८, २०८२ / Monday, March 2, 2026
गृहपृष्ठराजनितिनिर्वाचन सुरक्षार्थ रुपन्देहीका भारत–जोडिएका सबै सीमा नाका ७२ घण्टा बन्द

निर्वाचन सुरक्षार्थ रुपन्देहीका भारत–जोडिएका सबै सीमा नाका ७२ घण्टा बन्द


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीका भारतसँग जोडिएका सम्पूर्ण सीमा नाका अस्थायी रूपमा बन्द गरिने भएका छन्।

बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको सूचनाअनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमा आवतजावत पूर्ण रूपमा रोक लगाइनेछ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको हो।

निर्धारित अवधिभर पैदलयात्री, मालवाहक तथा यात्रुवाहक सवारी साधनको सीमा पार आवागमन बन्द रहनेछ। सुरक्षालाई प्राथमिकता दिँदै नेपाल–भारत दुवैतर्फ उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिने तयारी गरिएको छ।

यसैगरी, फागुन २० गते राति १२ बजेदेखि मतदान प्रक्रिया सम्पन्न नभएसम्म एम्बुलेन्स, दूध ट्यांकर, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सवारी बाहेक अन्य सवारी सञ्चालनमा पनि रोक लगाइने सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिएका छन्।

प्रशासनले निर्वाचन अवधिमा सुरक्षा व्यवस्थामा सहयोग गर्न सबै नागरिकसँग अपिल गरेको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको