Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठसमाचारवरिष्ठ कलाकार शाहद्वारा कांग्रेस महामन्त्री पौडेललाई जितको शुभकामना

वरिष्ठ कलाकार शाहद्वारा कांग्रेस महामन्त्री पौडेललाई जितको शुभकामना


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं–५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ कलाकार नीर शाहले जितको शुभकामना दिएका छन्।

आज बुढानीलकण्ठ नगरपालिका–६ खड्का टोलमा घरदैलोका क्रममा कलाकार शाहले सांसद पौडेललाई भेटेर समसामयिक भलाकुसारी गर्दै “अल द बेस्ट” भनेका हुन् । महामन्त्री पौडेल काठमाडौं–५ का विभिन्न क्षेत्रमा मतदाता माझ घरदैलोमा सक्रिय छन्।

बुधबार उनी बुढानीलकण्ठ–६ का भद्रकाली, खड्का टोल, इटालीटार, खड्का गाउँ, न्यू कोलोनी, गणेश चोक लगायतका क्षेत्रमा पुगेका हुन् ।

त्यसैगरी बुढानीलकण्ठ–४ का शिव मन्दिर, सुनाखरी टोल, चपली कार्की गाउँ लगायतका स्थानमा पनि उनले घरदैलो गरेका पनि गरे । मतदाताले विकास निर्माण, स्वास्थ्य सुधार र क्षेत्रका अन्य काममा पुर्याएको योगदानको प्रशंसा गर्दै जितको अग्रिम शुभकामना दिएका छन् ।

उम्मेदवार पौडेलले विगतमा इमान्दारिताका साथ क्षेत्र र राष्ट्रिय मुद्दामा सक्रियतापूर्वक काम गरेको बताए। उनले अलपत्र रहेको रिङरोडको कामलाई गति दिन, मेलम्ची खानेपानीको सुधार र विस्तार, विष्णुमति करिडोर निर्माण तथा स्वास्थ्य सुधारमा अघि बढेको बताएका छन्। साथै उनले आगामी दिनमा पनि क्षेत्रीय विकास र देशको समृद्धितर्फ इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाए।

पारदर्शिता, विकास र सेवामुखी कामको समीक्षा गर्दै मतदाताले उम्मेदवार पौडेललाई आगामी चुनावमा सफलताको शुभकामना दिएका छन्। आगामी दिनमा क्षेत्रीय विकास र राष्ट्रिय हितका परियोजनामा उनको सक्रियता जारी रहने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino