इरानको कडा चेतावनी ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीईको अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएको दाबी सार्वजनिक भएपछि इरानले कडा प्रतिक्रिया दिएको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आफ्नै कार्यकक्षमा भएको आक्रमणमा उनको निधन भएको हो।
करिब ३७ वर्षदेखि देशको नेतृत्व सम्हालिरहेका खामेनीईको निधनपछि इरान सरकारले ४० दिन राष्ट्रिय शोक घोषणा गरेको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाका सैन्य अड्डा तथा इजरायल विरुद्ध ‘इतिहासकै सबैभन्दा विनाशकारी’ जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।
घटनापछि इरानभित्र फरक फरक प्रतिक्रिया देखिएको छ। केही नागरिकले शोक मनाएका छन् भने केही समूहले खुसीयाली मनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीईलाई इतिहासकै ‘दुष्ट व्यक्ति’मध्ये एक भन्दै उनको मृत्युले इरानी जनतालाई आफ्नो भविष्य तय गर्ने अवसर दिएको बताएका छन्।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) इरान का अनुसार आक्रमणमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। अमेरिकी समाचार संस्था सीबीएस न्युज ले करिब ४० जना इरानी अधिकारी मारिएको जनाएको छ।
संयुक्त अरब इमिरेट्स कतार, कुवेत,ओमान, जोर्डन र इराक मा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै कारबाही सुरु गरेको जानकारी दिएको छ।
यसैबीच, विश्वकै व्यस्त विमानस्थलमध्ये एक दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आसपास भएको घटनामा चार जना घाइते भएको त्यहाँको प्रशासनले पुष्टि गरेको हो।
मध्यपूर्व क्षेत्रको अवस्था थप तनावपूर्ण बन्दै गएको छ। अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गरिरहेको छ भने कूटनीतिक पहल तीव्र बनेको छ।
ताजा अपडेट
- निर्वाचन अघि भ्रामक सामग्री फैलाउनेविरुद्ध सरकारको कडा चेतावनी
- इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
- नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने
- निर्वाचन आयोगको चेतावनी: नगद चलखेल भए उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध
- कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो
- इरानको कडा चेतावनी ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको घोषणा
- Spil Chicken Road 2 Online – Få Demoen Gratis og Se Om du Vinder
- इरानमा आक्रमण, बालिका विद्यालय लक्षित हुँदा ५७ जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया