Techie IT
  • सोमबार, फागुन १८, २०८२ / Monday, March 2, 2026
गृहपृष्ठराजनितिकांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो

कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो


काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा, नेपाली कांग्रेसले केही राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

आइतबार कांग्रेसको विज्ञप्तिमा भौतिक चुनाव चिन्हको दुरुपयोग, बालबालिकालाई चुनावी कार्यक्रममा सामेल गराउने, र राष्ट्रिय झण्डाको निर्देशन विपरीत प्रयोग हुने घटनालाई औँल्याइएको छ। साथै, सामाजिक सञ्जालमा मिथ्या सूचना फैलाउने प्रयास भइरहेका दाबी गरिएको हो।

पार्टी प्रवक्ता देवराज चालिसेले आयोगलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी र भयमुक्त निर्वाचन सुनिश्चित गर्न कडाइका साथ आचारसंहिता कार्यान्वयन गर्न आग्रह गरेका छन्।

कांग्रेसले सबै दल र उम्मेदवारले आचारसंहिता पालना नगरेमा निर्वाचनको निष्पक्षता र जनविश्वासमा प्रश्न उठ्ने चेतावनी समेत दिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको