निर्वाचन आयोगको चेतावनी: नगद चलखेल भए उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध
काठमाडौं । निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघनमा ‘शून्य सहनशीलता’ नीति अपनाउने चेतावनी दिएको छ।
आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले आइतबार आयोजित कार्यक्रममा स्पष्ट पार्दै भने, “यदि कसैले नगद चलखेल गरेको वा चुनावी सामग्री र रकमको झोला एकै ठाउँमा बोकेर हिँडेको प्रमाण भेटियो भने, उम्मेदवारी खारेज मात्र होइन, अर्को ६ वर्षसम्म निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइनेछ।
यो राजनीतिक व्यक्तिका लागि सबैभन्दा ठूलो सजाय हो।” उनीले थपे, हालसम्म देशभरबाट करिब १ हजार १ सय उजुरी आचारसंहिता उल्लंघनको रिपोर्ट भएका छन्। तीमध्ये धेरै स्थानीय तहमा समाधान भइसकेका हुन् ।
आयोगले २५–३० वटा गम्भीर उजुरीमा केन्द्रिय स्तरबाट कारबाही गरिसकेको छ र केही मुद्दा अदालतमा पनि पुगेको छ। भण्डारीले भने, आयोग कुनै दबाबमा नपरी कानून बमोजिम काम गर्ने दृढ छ र सबै उम्मेदवारले चुनावी नियमको पालना गर्नुपर्ने उनको दाबी छ।
यस कदमले आगामी चुनाव पारदर्शी र निष्पक्ष बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
ताजा अपडेट
- निर्वाचन अघि भ्रामक सामग्री फैलाउनेविरुद्ध सरकारको कडा चेतावनी
- इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
- नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने
- निर्वाचन आयोगको चेतावनी: नगद चलखेल भए उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध
- कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो
- इरानको कडा चेतावनी ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको घोषणा
- Spil Chicken Road 2 Online – Få Demoen Gratis og Se Om du Vinder
- इरानमा आक्रमण, बालिका विद्यालय लक्षित हुँदा ५७ जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया