Techie IT
  • सोमबार, फागुन १८, २०८२ / Monday, March 2, 2026
गृहपृष्ठराजनितिनेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने

नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने


काठमाडौं । नेपाली सेनाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षित, व्यवस्थित र निष्पक्ष सम्पन्न गराउन पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, आइतबार ‘प्रतिनिधि सभा सदस्य निर्वाचन–२०७९’ र ‘एकीकृत सुरक्षा योजना–२०८२’ अन्तर्गत नेपाली सेना सम्बन्धित निकायहरूसँग समन्वय गर्दै निर्वाचन सुरक्षामा सक्रिय रहेको छ।

मतदानपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका प्रतिनिधि र नेपाली सेनासहितको एकीकृत टोलीले मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ढुवानी गर्ने व्यवस्था मिलाइएको छ।

वि.सं. २०६४ सालदेखि नेपाली सेनाले सबै निर्वाचनमा मतदान केन्द्र सुरक्षा, मतपत्र ढुवानी र मतदानपछिका मतपेटिका व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्दै आएको स्मरण गराइएको हो।

नेपाली सेनाले यस पटक पनि सबै पक्षसँग समन्वय गर्दै शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित निर्वाचन सुनिश्चित गर्ने दाबी गरेको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको