निर्वाचन अघि भ्रामक सामग्री फैलाउनेविरुद्ध सरकारको कडा चेतावनी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जाल र केही सञ्चार माध्यममार्फत फैलाइएका तथ्यहीन तथा कृत्रिम सामग्रीप्रति सरकार सतर्क रहेको बताएकी छन्।
निर्वाचनको वातावरण बिगार्ने उद्देश्यले भ्रामक सामग्री प्रसार गर्नेहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको उनले स्पष्ट पारेकी हुन् ।
सोमबार सार्वजनिक गरिएको भिडियो सम्बोधनमा प्रधानमन्त्री कार्कीले निर्वाचनको मुखमा गलत सूचना फैलाएर अन्योल सिर्जना गर्न खोज्ने गतिविधि स्वीकार्य नहुने बताइन्। उनले यस्ता तत्वमाथि निगरानी बढाइएको जानकारी दिँदै नागरिकलाई भ्रममा नपर्न आग्रह गरिन्।
‘जेन जी’ आन्दोलनपछिको अस्थिर अवस्थाबाट देशलाई शान्तिपूर्ण निकासतर्फ डोर्याइएको उल्लेख गर्दै उनले संविधान र लोकतान्त्रिक प्रक्रियामा फर्किनु सरकारको प्रमुख उपलब्धि भएको दाबी गरिन्। सडकमा देखिएको असन्तोष र भयको वातावरणलाई व्यवस्थापन गर्दै राजनीतिक प्रक्रियालाई ट्र्याकमा ल्याइएको उनको भनाइ छ।
आगामी २१ फागुन हुने मतदानमा सहभागी हुन उनले मतदातालाई विशेष अपिल गरेकी छन्। मतदानलाई भविष्य निर्माणको निर्णयसँग जोड्दै उनले प्रत्येक नागरिकले जिम्मेवारीपूर्वक आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने बताइन्।
सरकारले दण्डहीनतालाई कुनै हालतमा प्रश्रय नदिने दोहोर्याउँदै कानुनअनुसार हुने कारबाहीमा कुनै सम्झौता नहुने उनको चेतावनी छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सरकार र सम्बन्धित निकाय पूर्ण रूपमा तयारी अवस्थामा रहेको पनि उनले स्पष्ट पारिन्।
मौन अवधिमा अनुशासन कायम राख्न राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गर्दै उनले मित्रराष्ट्र, संयुक्त राष्ट्रसंघीय निकाय, सुरक्षा संयन्त्र तथा राष्ट्रपतिप्रति आभार व्यक्त गरिन्। साथै, निर्वाचनकै समयसँग जुधेको फागुपूर्णिमा (होली) पर्व सभ्य र संयमित रूपमा मनाउन आग्रह गर्दै कसैको इच्छाविपरीत रङ नलगाउन अपिल समेत गरेकी हुन् ।
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाका लागि आवश्यक कूटनीतिक पहल भइरहेको जानकारी पनि प्रधानमन्त्रीले दिएकी छन्।विदेशी भूमिमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।
कार्कीले निकट भविष्यमै देशको नेतृत्व जनताबाट निर्वाचित नयाँ प्रतिनिधिको हातमा जाने उल्लेख गर्दै आसन्न निर्वाचनलाई शान्तिपूर्ण र ऐतिहासिक बनाउन सबैलाई आह्वान गरेकी छन्।
ताजा अपडेट
- कुवेतमा अमेरिकी लडाकु विमानहरू दुर्घटनाग्रस्त, चालक दल सुरक्षित
- जेनजी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसको समर्थनमा
- निर्वाचन अघि भ्रामक सामग्री फैलाउनेविरुद्ध सरकारको कडा चेतावनी
- इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
- नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने
- निर्वाचन आयोगको चेतावनी: नगद चलखेल भए उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध
- कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो
- इरानको कडा चेतावनी ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको घोषणा
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया