Techie IT
  • सोमबार, फागुन १८, २०८२ / Monday, March 2, 2026
गृहपृष्ठराजनितिरामेछापमा गाडी दुर्घटना दुर्घटना: १ मृतक, ८ घाइते

रामेछापमा गाडी दुर्घटना दुर्घटना: १ मृतक, ८ घाइते


काठमाडौं । रामेछाप नगरपालिका–२, देउरालीमा सोमबार दिउँसो प्रहरी र निर्वाचन सामग्रीसहितको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ भने, आठ जना घाइते भएका छन्।

स्थानीय वडाध्यक्ष नीरबहादुर श्रेष्ठले मृत्यु हुनेमा एक जना प्रहरी रहेको पुष्टि गरेका छन्। घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ।

प्रत्यक्षदर्शीका अनुसार गाडी करिब ५ सय मिटर तल खसेको हो। गाडीबाट हाम फालेका तीन जना भने सकुशल छन्। स्थानीय प्रहरीले राहत र उद्धार कार्य जारी रहेको जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको