प्रतिनिधिसभा निर्वाचन ऐतिहासिक अवसर : राष्ट्रपति पौडेल
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई केवल सांसद चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउने महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन् ।
राष्ट्रका नाममा सोमबार सम्बोधन गर्दै पौडेलले लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवर्द्धन र दिगो विकासलाई संस्थागत गर्ने दिशामा नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका हुन् । उनले विगतका उपलब्धिहरूलाई जोगाउँदै सुशासन, पारदर्शिता र जवाफदेहितालाई अझ सुदृढ बनाउने अवसरका रूपमा निर्वाचनलाई लिन आग्रह समेत गरेका छन् ।
विगतका आन्दोलन र बलिदानबाट स्थापित वर्तमान व्यवस्थालाई थप विश्वसनीय र परिपक्व बनाउने जिम्मेवारी अब नागरिकको मतमार्फत पूरा हुने उल्लेख गर्दै संघीय संरचना कार्यान्वयन, सामाजिक सुरक्षाको विस्तार तथा पूर्वाधार विकासमा हासिल उपलब्धिहरूलाई निरन्तरता दिन स्थिर र उत्तरदायी नेतृत्व आवश्यक रहेको रास्ट्रपतिको धारणा छ।
सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा सरोकारवाला निकायलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गराउन आ–आफ्नो भूमिका जिम्मेवार ढङ्गले निर्वाह गर्न अपिल गरे । राष्ट्रपति पौडेलको सम्बोधनले आगामी निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको परिक्षाका रूपमा चित्रित गरेको छ।
लोकतन्त्र सुदृढीकरण, सामाजिक न्याय र समृद्धिको साझा लक्ष्यसहित मतदातालाई सक्रिय सहभागिताका लागि आह्वान गर्दै पौडेलले निर्वाचनलाई राष्ट्रको भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसरको रूपमा प्रस्तुत गरेका छन् ।
ताजा अपडेट
- प्रतिनिधिसभा निर्वाचन ऐतिहासिक अवसर : राष्ट्रपति पौडेल
- रामेछापमा गाडी दुर्घटना दुर्घटना: १ मृतक, ८ घाइते
- कुवेतमा अमेरिकी लडाकु विमानहरू दुर्घटनाग्रस्त, चालक दल सुरक्षित
- जेनजी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसको समर्थनमा
- निर्वाचन अघि भ्रामक सामग्री फैलाउनेविरुद्ध सरकारको कडा चेतावनी
- Mission Uncrossable Takes Canada by Storm with its Thrilling Online Casino
- इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
- नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया