Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठअन्यमौन अवधिमा राजनीतिक सामग्री पोस्ट गरेपछि टिकटकर रतन कार्की प्रहरीको निगरानीमा

मौन अवधिमा राजनीतिक सामग्री पोस्ट गरेपछि टिकटकर रतन कार्की प्रहरीको निगरानीमा


काठमाडौं । निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत उम्मेदवारसम्बन्धी भिडियो सामग्री सार्वजनिक गरेपछि बुधबार टिकटकर रतन कार्कीलाई प्रहरीले सोधपुछ गरेको छ।

मौन अवधि चलिरहेका बेला विभिन्न उम्मेदवारका पक्षमा देखिने सामग्री पोस्ट गरिएको पाइएपछि जिल्ला प्रहरी कार्यालय चितवनले कार्कीलाई नियन्त्रणमा लिएर आवश्यक जानकारी लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रवक्ता रवीन्द्र खनालका अनुसार सोधपुछपछि कार्कीलाई चेतावनीसहित घर पठाइएको हो।मौन अवधिमा राखिएका सबै भिडियो तथा अन्य प्रचार सामग्री सामाजिक सञ्जालबाट हटाउन लगाइएको प्रहरीले जानकारी गराएको छ।

निर्वाचन आचारसंहिता उल्लंघन नगर्न र मौन अवधिमा कुनै पनि प्रकारको प्रचार–प्रसार नगर्न सबैलाई प्रहरीले आग्रह गरेको छ।

निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा निकाय सतर्क रहेको बताउँदै प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा कानुनी प्रावधानको पालना गर्न सबैलाई सचेत गराएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino