Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिप्रतिनिधिसभा निर्वाचनको मतदान सुरु, थुनिकोटमा विप्लवद्वारा पहिलो मतदान

प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु, थुनिकोटमा विप्लवद्वारा पहिलो मतदान


 

काठमाडौं । रोल्पाको परिवर्तन गाउँपालिका–३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक विद्यालय मतदान केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पहिलो मतदान खसाल्दै मतदान प्रक्रिया सुरु गरेका छन् ।

बिहीबार बिहान निर्धारित समयमै मतदान केन्द्र खुलेपछि महासचिव विप्लवले आफ्नो मत खसाल्दै मतदानको औपचारिक सुरुवात गरेका हुन्। मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उपस्थिति देखिएको छ भने शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षा निकायसमेत परिचालन गरिएको छ।मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक सुरक्षाकर्मीको उपस्थिति रहेको छ।

देशभरका विभिन्न मतदान केन्द्रहरूमा पनि मतदाताहरू बिहानैदेखि लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino