काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट आफ्नो मत खसालेका छन्।
बिहीबार बिहान मतदान केन्द्रमा पुगेर उनले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गरेका हुन्। उनको उम्मेदवारी झापा क्षेत्र न ५ बाट रहेको छ, जहाँ उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछन्। मतदानका क्रममा उक्त केन्द्रमा मतदाताहरूको उल्लेखनीय उपस्थिति देखिएको छ ।
देशभर आज प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान जारी रहेको छ। विभिन्न स्थानका मतदान केन्द्रहरूमा मतदाताहरू बिहानैदेखि उपस्थित भई शान्तिपूर्ण वातावरणमा मतदान गरिरहेका छन्।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकायहरू समेत परिचालन गरिएका छन् भने देशभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको प्रशासन ले जानकारी दिएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया