प्रतिनिधिसभा निर्वाचन : अधिकांश स्थानमा शान्तिपूर्ण मतदान,६ हजारभन्दा बढी उम्मेदवारको भविष्य मतपेटिकामा
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको छ।
तोकिएको समयभित्र मतदान केन्द्र पुगेका मतदाताले भने लाइनमा बसेर मतदान गर्ने अवसर पाउने छन् ।
निर्वाचन आयोगका अनुसार देशभर छिटपुट घटनाबाहेक मतदान प्रक्रिया समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। सुरक्षा व्यवस्थासहित अधिकांश मतदान केन्द्रमा मतदाताको उल्लेखनीय सहभागिता देखिएको बताइएको छ।
यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सिटका लागि ६ हजार ५४१ उम्मेदवार प्रतिस्पर्धामा रहेका हुन् । प्रारम्भिक विवरणअनुसार ५० प्रतिशतभन्दा बढी मत खसेको अनुमान गरिएको छ।
देशभर करिब १ करोड ८९ लाख मतदाता रहेको निर्वाचनमा हजारौँ मतदान केन्द्रमार्फत मत खसाल्ने व्यवस्था मिलाइएको हो। मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई प्राथमिकतासमेत दिइएको छ ।
मतदानलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अब मतगणनाको तयारी सुरु हुँदैछ भने, अन्तिम परिणामसँगै नयाँ संसद्को तस्वीर स्पष्ट हुने अपेक्षा गरिएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया