Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिजुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही अघि, अन्य दलभन्दा

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही अघि, अन्य दलभन्दा


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीले मतगणनामा अग्रता लिएका छन्।

पछिल्लो मतपरिणामअनुसार शाहीले २ हजार १०२ मत प्राप्त गर्दै प्रतिस्पर्धामा पहिलो स्थानमा रहेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले ९७२ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका दीपबहादुर शाहीले ४९६ मत ल्याएका छन् भने नेकपा एमालेका शान्तिलाल महतले २१२ मत प्राप्त गरेका छन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विनिता कठायतले हालसम्म २९ मत मात्र प्राप्त गरेकी छन्।

जिल्लामा मतगणना प्रक्रिया जारी रहेकाले आगामी अपडेटसँगै मतपरिणाममा थप स्पष्टता आउने निर्वाचन अधिकारीहरूले बताएका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino