Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठअन्यकामका लागि भारत गएका मदन किमाडी ९ दिनदेखि वेपत्ता

कामका लागि भारत गएका मदन किमाडी ९ दिनदेखि वेपत्ता


काठमाडौं । कामका लागि भारतको फरिदाबाद डुबुको कलोनी गएका बझाङका मदन किमाडी ९ दिनदेखि वेपत्ता छन् ।

बझाङ जिल्लास्थित थलारा गाउँ पालिका वडा नम्बर २ भनाडा निवासी हर्क किमाडीका भाई मदन किमाडी कामको सिलसिलामा भारतको फरिदाबाद गएका थिए ।
विगत ९ दिनदेखि हालसम्म परिवारको सम्पर्कमा नआएकोले कतै देखिए सम्पर्क गर्न उनका दाजु हर्क किमाडीले अपिल गरेका छन् । वेपत्ता किमाडी हिन्दी भाषा बोल्न र बुझ्न नसक्ने दाजु हर्कले बताए । उनी केही दिन अघि नेपालबाट भारत गएका थिए ।

विगत ९ दिनदेखि अहिलेसम्म सम्पर्कमा नआएकाले कसैले कतै देख्नु भयो भने तल दिइएको नम्बरमा कल गरिदिन अपिल गरिन्छ ।
हर्क किमाडी ९६५०६७४४८६

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको