रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले फागुन २१ को निर्वाचनका लागि प्रतिनिधि सिफारिसमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भ्रम फैलाएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।
राप्रपाको आज बसेको समितिको क्षत्रीय बैठकले प्रत्यक्षतर्फ पशुपतिशम्शेर राणासहित ४ जना र समानुपातिकमा प्रा.डा.जयन्तनाथ खनालसहित ६ जना सिफारिस भएको स्पष्ट पार्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएका सूचनामा विश्वास नगर्न आग्रह गरेको छ ।
क्षेत्र नम्बर १ बाट पुस १ गते नै निर्णय गरेर सिफारिस केन्द्रीय कार्यालयमा दर्ता गरिएको जानकारी गराउँदै बैठकले पूर्ववतः निर्णयमा कुनै फेरबदल नभएको र सोही निर्णयमा प्रतिबद्ध रहेको जनाएको छ ।
बैठकमा राप्रपाका केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठ, समिति सदस्य रामेश्वर श्रेष्ठ, बाग्मती प्रदेश ख का अध्यक्ष भिमसेन पूरी, समिति सदस्य विनोद दवाडी, वडा नम्बर १० का अध्यक्ष सरोजजंग थापा, वडा ३१ का अध्यक्ष चमन कोइराला, वडा ११ का अध्यक्ष अम्बिका अर्याल, वडा २९ का अध्यक्ष रिना शाही वली, वडा सदस्य २९ का शक्ति चौंलागाईं, वडा २९ का विपिन वली र वडा ३१ सचिव राम किशोर सहभागी थिए । कुल १६ सदस्यीय समितिमा ११ सदस्यको बहुमतले यो निर्णय गरेको हो ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया