Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठसमाचारनयाँ कीर्तिमान राख्दै सुन र चाँदीको मूल्य

नयाँ कीर्तिमान राख्दै सुन र चाँदीको मूल्य


काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ ।

सुनको मुल्य एकैदिन तोलामा ५ हजार ५०० रुपैयाँले बढ्दै उच्च मुल्यमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मुल्य अघिल्लो दिनको २ लाख ६१ हजार ७०० रुपैयाँबाट बढेर मंगलबार २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो

त्यस्तै, चाँदीको भाउले केही दिनयता नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार तोलामा ४ हजार २३५ रुपैयाँ रहेको चाँदी मंगलबार बढेर तोलामा ४ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको