अखिल (समाजवादी) को २४औँ राष्ट्रिय सम्मेलन फागुन ५ देखि ८ गतेसम्म
काठमाडौं । नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (समाजवादी) ले आगामी फागुन ५, ६, ७ र ८ गते काठमाडौंमा २४औँ राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।
गत मंसिरमा नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम सी ‘विप्लव’को प्रमुख आतिथ्यतामा सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले फागुनभित्र राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पौष ७ गते ललितपुरमा बसेको अखिल (समाजवादी) का पदाधिकारी तथा सह–इन्चार्जहरूको बैठकले सम्मेलनको मिति र स्थान निश्चित गरेको हो।
अखिल (समाजवादी) ले
“स्वाधीनता, स्थायित्व र समृद्धिका लागि हाम्रो आन्दोलन !
शिक्षाको समाजवादीकरणका लागि २४औँ राष्ट्रिय सम्मेलन !!”
भन्ने मूल नारा तय गरेको जनाएको छ।
अखिल (समाजवादी) का केन्द्रीय सचिव कपिल सीका अनुसार सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न तीव्र तयारी भइरहेको छ।
हालको केन्द्रीय समिति सम्मेलन आयोजक समितिमा रूपान्तरण गरिएको छ भने सम्मेलन सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको पनि उहाँले जानकारी दिनुभएको छ ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया