Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिकांग्रेस कार्यसम्पादन समिति बैठक सानेपामा जारी

कांग्रेस कार्यसम्पादन समिति बैठक सानेपामा जारी


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी छ । बुधबारदेखि सुरु भएको बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएका हो ।
सो बैठकमा हिजो १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने विषयमा छलफल भएको थियो।

बैठकमा सहभागी अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिका व्यवहारिक हुनुपर्ने माग राखेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभएको छ ।

बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यतासम्बन्धी विषयमा स्पष्टीकरण दिँर्दै वडा र क्षेत्रीय अधिवेशनपछि सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्।

थापाको प्रस्तावमाथि नेताहरूको धारणा राख्ने क्रम आज पनि जारी रहने निकटका स्रोतबाट जानकारी प्राप्त भएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको