Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठअन्यत्रिविको ५१औँ दीक्षान्त समारोह सम्पन्न

त्रिविको ५१औँ दीक्षान्त समारोह सम्पन्न


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज सम्पन्न भएको छ । समारोहमा १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।

प्रधानमन्त्री तथा त्रिवि कुलपति सुशीला कार्कीले शैक्षिक जगतका अग्रज व्यक्तित्वहरूसँगै विद्यार्थीलाई दीक्षित भएको घोषणा गर्नु भएको हो ।यस वर्ष त्रिविबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तह गरी जम्मा ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन् ।

दशरथ रङ्गशालामा आयोजित समारोहमा विश्वविद्यालयको इतिहासमै पहिलो पटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी सगैं कार्यक्रममा सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, विभिन्न प्राज्ञ तथा शिक्षाविद्हरूको उपस्थिति रहेको छ।

त्रिविका उपकुलपति प्रा. दीपक अर्यालले विश्वविद्यालय क्रमिक सुधारको प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै दीक्षित विद्यार्थीलाई बधाई ज्ञापन गर्नु भएकाे छ ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्न आवश्यक रहेको बताउनु भएकाे हाे ।

शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपका कारण उच्च शिक्षा क्षेत्र प्रभावित भएको उल्लेख गर्दै उनले यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको जानकारी दिनु भएको छ । उहाँले ठूलो संरचना र आकारले मात्र गुणस्तरीय तथा अन्तर्राष्ट्रियस्तरको शिक्षा सुनिश्चित नहुने भन्दै प्राध्यापक विद्यार्थीको उचित अनुपात, गुणस्तरीय शिक्षा र अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।

विदेश अध्ययनतर्फ बढ्दो विद्यार्थी पलायनलाई मध्यनजर गर्दै समयानुकूल, व्यावहारिक र गुणस्तरीय शैक्षिक कार्यक्रम थप गर्न सरोकारवालाहरू सक्रिय हुनुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको