काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज सम्पन्न भएको छ । समारोहमा १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।
प्रधानमन्त्री तथा त्रिवि कुलपति सुशीला कार्कीले शैक्षिक जगतका अग्रज व्यक्तित्वहरूसँगै विद्यार्थीलाई दीक्षित भएको घोषणा गर्नु भएको हो ।यस वर्ष त्रिविबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तह गरी जम्मा ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन् ।
दशरथ रङ्गशालामा आयोजित समारोहमा विश्वविद्यालयको इतिहासमै पहिलो पटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी सगैं कार्यक्रममा सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, विभिन्न प्राज्ञ तथा शिक्षाविद्हरूको उपस्थिति रहेको छ।
त्रिविका उपकुलपति प्रा. दीपक अर्यालले विश्वविद्यालय क्रमिक सुधारको प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै दीक्षित विद्यार्थीलाई बधाई ज्ञापन गर्नु भएकाे छ ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्न आवश्यक रहेको बताउनु भएकाे हाे ।
शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपका कारण उच्च शिक्षा क्षेत्र प्रभावित भएको उल्लेख गर्दै उनले यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको जानकारी दिनु भएको छ । उहाँले ठूलो संरचना र आकारले मात्र गुणस्तरीय तथा अन्तर्राष्ट्रियस्तरको शिक्षा सुनिश्चित नहुने भन्दै प्राध्यापक विद्यार्थीको उचित अनुपात, गुणस्तरीय शिक्षा र अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।
विदेश अध्ययनतर्फ बढ्दो विद्यार्थी पलायनलाई मध्यनजर गर्दै समयानुकूल, व्यावहारिक र गुणस्तरीय शैक्षिक कार्यक्रम थप गर्न सरोकारवालाहरू सक्रिय हुनुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ छ ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया