Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिनेकपा (माओवादी)को विशेष बैठक सुरु

नेकपा (माओवादी)को विशेष बैठक सुरु


काठमाडौं । नेकपा (माओवादी) को नवौं केन्द्रिय समितिको चौथो विशेष बैठक बुधबार बिहान बुद्धनगरस्थित क्वालिटी बैंकमा सुरु भएको छ।

बैठकमा पार्टीले सर्वपक्षीय सरकार गठन, भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन, र १००० तथा ५०० रुपैयाँका नोट खारेज गर्ने विषयमा छलफल गरिरहेको छ।

पार्टी प्रवक्ता प्रकाण्डका अनुसार, जेन-जी बिद्रोहपछि राष्ट्रिय राजनीतिमा आएको संकटको समाधान, देशमा भइरहेको साम्राज्यवादी हस्तक्षेप र आगामी निर्वाचनसम्बन्धी विषयमा बैठकमा विशेष छलफल भइरहेको जानकारी दिनु भएको छ ।

प्रवक्ता प्रकाण्डले भने, “सरकारले चुनावको बढी प्रचार गरेको भए पनि निर्वाचनको वातावरण बनाउन पर्याप्त तयारी गरेको छैन, बैठकले यसबारे धारणा तय गर्नेछ।”



तपाईको प्रतिक्रिया

धेरैले पढेको