वर्तमान राजनीति संकटमै छ, निकासका लागि नयाँ बाटो खोज्नुपर्छ ‘विप्लव’
काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकको राजनीतिक अवस्था अझै स्पष्ट निकासतर्फ जान नसकेको बताएका छन् ।
राजधानीको बुद्धनगरमा बिहीबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालको राजनीति अहिले पनि सङ्क्रमण र सङ्कटको चरणमै रहेको धारणा राख्नुभएको छ ।
महासचिव चन्दका अनुसार हालको चुनावी प्रक्रिया नै निर्णायक मोडमा पुगेको छ । राज्य र सरकारले अघि सारेको निकास स्वीकार गर्ने कि त्यसअघि नै नयाँ राजनीतिक वातावरण निर्माण गरेर अघि बढ्ने भन्ने विषयमा गम्भीर बहस चलिरहेको बताउनु भएको हो ।
‘विप्लव’ का भनाइ “चुनाव अहिले दोबाटोमा उभिएको छ,” “विश्वसनीयता कमजोर भएको र अवस्था अस्वस्थ्य बनेको अवस्थामा सबै पक्षले सन्तुलित र जिम्मेवार ढंगले निकासतर्फ जान आवश्यक छ ।”
जेनजी विद्रोहपछि पनि जनताका मूलभूत मागहरू सम्बोधन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
विप्लवका अनुसार जेनजी आन्दोलनले भ्रष्टाचारीमाथि कारबाही, भ्रष्टाचारको अन्त्य, संविधान पुनर्लेखन तथा कार्यकारी प्रमुखलाई प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने प्रस्तावहरू अघि सारेको थियो । तर ती मागहरू व्यवहारमा लागू हुन नसकेको बताउनु भएको हो ।
महासचिव चन्दको पछिल्लो समय सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले जनताको चाहनाभन्दा बढी चुनावलाई मात्र केन्द्रमा राखेर काम गरिरहेको आरोप समेत रहेको छ । उहाँका अनुसार यसले विद्रोही आन्दोलनकारी, परिवर्तनकामी जेन–जी, जनता तथा विभिन्न राजनीतिक शक्तिहरूलाई सन्तुष्ट बनाउन सकेको छैन ।
“नेपालमा राजनीतिक सङ्क्रमण र सङ्कट अझै कायमै छ,” “जनताबाट उठेका ठूला प्रस्तावहरू बेवास्ता भइरहेका छन् त्यसैले अब विश्वास गुमिसकेको अवस्थाबाट बाहिर निस्कन नयाँ राजनीतिक वातावरण निर्माण गर्नु अपरिहार्य छ ।”
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया