वर्तमान राजनीति संकटमै छ, निकासका लागि नयाँ बाटो खोज्नुपर्छ ‘विप्लव’
काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकको राजनीतिक अवस्था अझै स्पष्ट निकासतर्फ जान नसकेको बताएका छन् ।
राजधानीको बुद्धनगरमा बिहीबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालको राजनीति अहिले पनि सङ्क्रमण र सङ्कटको चरणमै रहेको धारणा राख्नुभएको छ ।
महासचिव चन्दका अनुसार हालको चुनावी प्रक्रिया नै निर्णायक मोडमा पुगेको छ । राज्य र सरकारले अघि सारेको निकास स्वीकार गर्ने कि त्यसअघि नै नयाँ राजनीतिक वातावरण निर्माण गरेर अघि बढ्ने भन्ने विषयमा गम्भीर बहस चलिरहेको बताउनु भएको हो ।
‘विप्लव’ का भनाइ “चुनाव अहिले दोबाटोमा उभिएको छ,” “विश्वसनीयता कमजोर भएको र अवस्था अस्वस्थ्य बनेको अवस्थामा सबै पक्षले सन्तुलित र जिम्मेवार ढंगले निकासतर्फ जान आवश्यक छ ।”
जेनजी विद्रोहपछि पनि जनताका मूलभूत मागहरू सम्बोधन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
विप्लवका अनुसार जेनजी आन्दोलनले भ्रष्टाचारीमाथि कारबाही, भ्रष्टाचारको अन्त्य, संविधान पुनर्लेखन तथा कार्यकारी प्रमुखलाई प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने प्रस्तावहरू अघि सारेको थियो । तर ती मागहरू व्यवहारमा लागू हुन नसकेको बताउनु भएको हो ।
महासचिव चन्दको पछिल्लो समय सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले जनताको चाहनाभन्दा बढी चुनावलाई मात्र केन्द्रमा राखेर काम गरिरहेको आरोप समेत रहेको छ । उहाँका अनुसार यसले विद्रोही आन्दोलनकारी, परिवर्तनकामी जेन–जी, जनता तथा विभिन्न राजनीतिक शक्तिहरूलाई सन्तुष्ट बनाउन सकेको छैन ।
“नेपालमा राजनीतिक सङ्क्रमण र सङ्कट अझै कायमै छ,” “जनताबाट उठेका ठूला प्रस्तावहरू बेवास्ता भइरहेका छन् त्यसैले अब विश्वास गुमिसकेको अवस्थाबाट बाहिर निस्कन नयाँ राजनीतिक वातावरण निर्माण गर्नु अपरिहार्य छ ।”
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया