Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिआगामी निर्वाचन एक्लै लड्ने विप्लवको घोषणा

आगामी निर्वाचन एक्लै लड्ने विप्लवको घोषणा


काठमाडौं ।  विप्लव नेतृत्वको नेकपा(माओवादी)ले आगामी निर्वाचनका कसैसँग चुनावी गठबन्धन नगरी एक्लै लड्ने घोषणा गरेको छ।

काठमाडौमा जारी केन्द्रिय समितिको चौथो विशेष बैठकमा धारा राख्दै महासचिव विप्लवले एक्लै निर्वाचन लड्ने धारणा राखेको एक केन्द्रिय सदस्यले बताउनु भएको छ ।

माओवादी अहिले कसैसँग चुनावी तालमेल गर्दैन। हामी १ सय ६५ स्थानमा एक्लै प्रतिस्पर्धा गर्छौं भन्दै एकलै चुनाव लड्ने विप्लवले घोषणा गरेको श्रोतले बतायो ।

नेकपा(माओवादी) एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको बताउँदै विप्लवले आगामी निर्वाचनमा आचार्यजनक विजय प्राप्त गर्ने बताएको एक पोलिटब्युरो सदस्यले जानकारी दिनु भयो ।
हाम्रो जित सुनिश्चित छ।
महासचिव कमरेड विप्लवले बैठकमा एक्लै निर्वाचनमा होमिने गरि ब्रीफिङ गरेको उहाँले बताउनु भएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको