Techie IT
  • बुधबार, माघ ७, २०८२ / Thursday, January 22, 2026
गृहपृष्ठराजनितिनिर्वाचन सहज बनाउन सरकार सक्रिय, उच्चस्तरीय समितिमार्फत दलहरूसँग छलफल

निर्वाचन सहज बनाउन सरकार सक्रिय, उच्चस्तरीय समितिमार्फत दलहरूसँग छलफल


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकार सक्रिय भएको छ।

यही सन्दर्भमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल पछिल्लो समय प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट तथा संवाद गरिरहेका छन्।आज मन्त्री खरेल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा भेटघाट गरिरहेका छन् ।

चुनावी वातावरण सहज बनाउने उद्देश्यसहित सरकारले ठूला राजनीतिक दलका शीर्ष नेतासँगको सम्बन्ध सुधारमा जोड दिएको छ । यसका लागि सरकारले उच्चस्तरीय समिति नै गठन गरी संवादको प्रक्रिया अघि बढाएको बताइएको छ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन्। मन्त्री खरेलको सचिवालयका अनुसार शुक्रबार नै नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ।

सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सहभागितामूलक बनाउन प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतासँग निरन्तर छलफल थालेको जनाएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको