चोरीका ६० दुई पाङ्ग्रे सवारी ट्राफिक प्रहरीद्वारा धनीलाई फिर्ता
काठमाडौं । उपत्यका काठमाडौं ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका ६० वटा दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर आज सम्बन्धित सवारीधनीलाई फिर्ता गरेको छ।
उपत्यका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रूपमा ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका छन् ।
ट्राफिक प्रहरी प्रमुख अधिकारीका अनुसार, आज हस्तान्तरण गरिएका सवारीसहित गत साउनयता चोरी भएका कुल १८१ वटा दुई पाङ्ग्रे सवारीसाधन धनीलाई फिर्ता गरिएको हो ।
यस अवधिमा चोरीमा संलग्न २५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्त तथा परिसरमा पठाइएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ४१७ वटा र आर्थिक वर्ष २०८१/८२ मा ५०३ वटा दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर सवारीधनीलाई बुझाइसकिएको छ।
सवारी हराएमा तत्काल १०३ (उपत्यका ट्राफिक प्रहरी) वा १०० (नेपाल प्रहरी) नम्बरमा सम्पर्क गरी नजिकको प्रहरी कार्यालयमा निवेदन दिन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया