सरकारले निर्वाचन चाहेको हो कि युद्ध ? – विप्लव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(माओवादी) का महासचिव नेत्रविक्रम चन्द “विप्लव” ले आप्नो पार्टीको कम्युनमा सरकारले छापा मारेको घटनाप्रती गम्भीर आपत्ति प्रकट गरेका छ्न। विप्लवले भने, हाम्रो पार्टीले कम्युनमा आलु फलाएको छौँ बम होइन। हामी शान्ति चाहान्छौ ,सरकारले अनावश्यक द्वन्द निम्त्याउन खोजेको भन्दौ विप्लवले आक्रोश व्यक्त गरेकाछन।
नेकपा(माओवादी) देशैभर उत्पादन केन्द्र खडा गरि जनतालाई जोडेर कम्युन खडा गरेको छ। माओवादीले उत्पादन केन्द्रमा जनताका दैनिक उपभोग्य बस्तु आलु लगायतका खाद्य बस्तु उत्पादन गर्दै आएको छ । तर राज्यले नेकपा(माओवादी) प्रती दुरासयपुर्ण निगरानी गरेकोले आफुहरू आत्मरक्षाका लागि तयार रहेको एक केन्द्रिय सदस्यले बताए।

नेकपा(माओवादी) का महासचिव विप्लवले १३३ औं माओ दिवसमा माओवादी केन्द्रिय समितिले आयोजना गरेको कार्यक्रमम सरकारलाई प्रश्न गर्दै भने सरकारले निर्वाचन चाहेको हो कि युद्ध ,,? चेतावनीको भाषामा विप्लवले भने आलु खेती गरिरहेको माओवादीलाई बम को खेती गरेको देखे त्यसले गम्भीर परिणाम ल्याउने बताए । आफ्नो पार्टी इमानदार पुर्वक निर्वाचनको तयारी गरिरहेको अवस्थामा राज्यले दमन को नीति अख्तियार गर्नु दुर्भाग्य भएको विप्लव बताए।
माओवादीका प्रवक्ता प्रकाण्डले आज एक विज्ञप्ति जारी गर्दै सरकारको कम्युनमा छापा मार्ने कार्यको बिरोध गर्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएका छ्न।
नेकपा (माओवादी)ले आजै राज्य प्रशासनले कम्युनमा छापा मार्ने कार्य विरुद्ध प्रदर्शन गरेको छ। बुद्धनगर देखि सुरु भएको प्रदर्शन माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै माओवादीका स्थायी समिति सदस्य उमा भुजेल “शिलु” ले राज्यले माओवादीको उत्पादन केन्द्र जन-कम्युनको खानतलासी नरोके कडा प्रतिवाद गर्ने बताईन ।
माओवादी स्वस्थ निर्वाचनको पक्षमा रहेको बताउँदै शिलु ले सरकारले युद्ध भड्काउन चाहेको बताईन। पुर्व संबिधान सभा सदस्य समेत रहेकी शिलुले साम्राज्यवादको डिजाइनमा अँध्यारो कुनाबाट बनेको शुसिला कार्की नेतृत्व कठपुतली सरकार अविलम्ब खारेज हुनु पर्ने बताईन। त्यसको सट्टामा सर्वपक्षीय अन्तरिम सरकार गठन हुनु पर्ने उनले बताईन। कोण सभामा बोल्दै माओवादीका अर्का स्थायी समिति सदस्य तथा पुर्व संविधान सभा सदस्य सन्तोष बुढामगर “विषम” ले सरकारले माओवादीलाई जबर्जस्ती युद्धमा धकेल्न खोजेको आरोप लगाए।
माओवादी लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका बुढामगरले माओवादीले तिब्र निर्वाचनको तयारी गरिरहेको अवस्थामा साम्राज्यवादको इसारामा कम्युन माथी छापा हानिएको आरोप लगाए । बुढामगरले कम्युनमा अनावश्यक हस्तक्षेपको निष्पक्ष छानवीन गरि सत्यतथ्य पत्ता लगाई सरकारले माफी नमागे महंगो मूल्य चुकाउनु पर्ने चेतावनी दिए।
प्रदर्शनमा माओवादीका नेता कार्यकर्ताले सर्वपक्षीय अन्तरिम सरकार गठन हुनु पर्ने भन्दै शुसिला कार्की नेतृत्वको सरकार विरुद्ध चर्को नारावाजी गरेका थिए।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया