Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठसमाचारउदयपुरमा ७५० किलो गाँजा बरामद, दुई जना पक्राउ

उदयपुरमा ७५० किलो गाँजा बरामद, दुई जना पक्राउ


काठमाडौं। उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकबाट प्रहरीले ७५० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता केदारमान दोङले जानकारी दिए ।

बरामद गाँजासहित जिप चालक बेलटार नगरपालिका–६ निवासी रवीन राई र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गाडीभरी गाँजा लोड गरी डेलिभरीका लागि लैजाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino