Techie IT
  • बुधबार, माघ ७, २०८२ / Thursday, January 22, 2026
गृहपृष्ठराजनितिजेनजी राहत देखी निर्वाचन सम्म- गृहमन्त्री अर्याल

जेनजी राहत देखी निर्वाचन सम्म- गृहमन्त्री अर्याल


काठमाडौँ । जेन–जी आन्दोलनपछिको संवेदनशील अवस्थामा गृह मन्त्रालयको नेतृत्व सम्हालेका गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यभार सम्हालेको सय दिन पूरा गरेका छन्।

यस अवधिमा जेन–जी आन्दोलन व्यवस्थापन, शहीद घोषणा र राहत वितरण, शान्ति–सुरक्षा सुदृढीकरण, कानूनी सुधार तथा निर्वाचन तयारीमा उल्लेखनीय प्रगति भएको गृह मन्त्रालयले जनाएको छ।

आन्दोलनमा ज्यान गुमाएका ४२ नागरिक र ३ प्रहरीलाई शहीद घोषणा गरी परिवारलाई  १५ लाख रुपैयाँ राहत वितरण गरिएको छ भने ७३७ घाइतेलाई परिचयपत्र प्रदान गरिएको छ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एकीकृत सुरक्षा योजना लागू गरिएको छ। आन्दोलनका क्रममा लुटिएका ७६५ हतियार बरामद र फरार ९,९६० कैदीबन्दी पक्राउ परेका छन्।

नागरिकता, निर्वाचन र मतदाता सम्बन्धी कानूनी सुधार, राष्ट्रिय परिचयपत्र प्रणाली सुदृढीकरण तथा सेवा प्रवाहलाई डिजिटल बनाउने कामलाई पनि प्राथमिकता दिइएको छ।

गृहमन्त्री अर्यालको सय दिनलाई राज्यप्रति नागरिकको विश्वास पुनःस्थापना गर्ने प्रयासका रूपमा हेरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको