युवालाई देशमै रोक्ने वातावरण बनाउनुपर्छ : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत, शहरी तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन र रोजगारीको वातावरण सिर्जना गर्न सके युवाहरूको विदेश पलायन रोकिने बताएका छन् ।
मन्त्री घिसिङले, ‘नेपालमा सम्भावना र स्रोत प्रशस्त रहेको उल्लेख गर्दै सही नीति र वातावरण बने देशमै अवसर सिर्जना गर्न सकिने तथा उत्पादन हुने लोकल सामग्री प्रयोग गरी घर निर्माण गर्न सके अनुसन्धान, सीप र पूँजी देशमै रहने भन्दै आफ्नो धारणा राखेका छन् ।’
सरकारले नेपालमै घर र सवारीसाधन उत्पादन तथा जोड्न सक्ने वातावरण तयार गर्न सके युवाहरू विदेश जानुपर्ने अवस्था नआउने उनको भनाइ थियो ।
मन्त्री घिसिङले भन्ने , ‘ नेपाली युवाको सपना सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य सेवा रहेको उल्लेख गर्दै त्यसका लागि राज्यले आधारभूत नीतिका रूपमा सहुलियत ऋण र सुविधा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए। सरकारले यस्तो वातावरण निर्माण गर्न सके अधिकांश युवाहरू नेपालमै बस्न इच्छुक हुन्छन् ।’
आगामी निर्वाचनप्रति संकेत गर्दै उनले देश निर्माणका लागि सक्षम र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताए छन् । सही व्यक्ति नेतृत्वमा नआएसम्म विकास, समृद्धि र सुशासनका विषय ओझेलमा पर्ने भन्दै उनले चुनावमा डेलिभरी दिन सक्ने नेतृत्व छानेर पठाउन नागरिकलाई आग्रह गरे।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया