कम्युनमा भएको प्रहरी अपरेशन विरुद्ध नेकपा (माओवादी) गर्यो देशभर मसाल जुलुस
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(माओवादी) ले आज देशभर मसाल जुलुस गरेको छ।
केन्द्रिय कम्युनमा भएको प्रहरी हस्तक्षेप र खानतलासी विरुद्ध माओवादीले मसाल जुलुस गरेको हो। आज बसेको माओवादी स्थायी समितीको बैठकले कम्युनमा मारेको छापा विरुद्ध संघर्ष जाने घोषण गरेको थियो।
काठमाडौंमा माओवादीको केन्द्रिय समितिको विशेष बैठकले निर्वाचनका लागि रणनीति तय गरिरहेको अवस्थामा राज्य प्रशासनले माओवादीको शितगंगा ११ अर्घाखाँचीमा रहेकोे कम्युनमा छापा मारेको थियो।
कम्युनमा प्रहरीले अनावश्यक अपरेशन गरेको भन्दै माओवादी आक्रोशित भएको छ। माओवादीले प्रहरीको अपरेशनविरुद्ध पुष १२ गते देखि १५ गते सम्म विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ।
माओवादीले आज देशैभरी मशाल जुलुस गरेर विरोध प्रदर्शन गरेको छ। माओवादीले राज्य-प्रशासनले आफ्नो अपरेशन नरोके कडा प्रतिरोध गर्ने बताएको छ।
माओवादीका महासचिव विप्लवले आजै एक कार्यक्रममा बोल्दै कम्युनमा हस्तक्षेप अस्वीकार्य हुने बताउँदै राज्यले अनावश्यक अपरेशन नरोके जनताले कडा प्रतिरोध गर्ने चेतावनी दिए ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया