Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिरास्वपाबाटै चुनाव लड्ने रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे सहमति

रास्वपाबाटै चुनाव लड्ने रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे सहमति


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै राजनीतिक दलमार्फत प्रतिस्पर्धा गर्ने समझदारी बनाएका छन्।

आइतबार भएको ७ बुँदे सम्झौतामार्फत उनीहरूले रास्वपाकै नाम, झण्डा र चुनाव चिन्ह कायम राख्दै चुनावमा जाने निर्णय गरेका हुन्। सम्झौताअनुसार पार्टीको केन्द्रीय नेतृत्व रवि लामिछानेकै हातमा रहनेछ भने निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिनेछ।

सम्झौतामा बालेन शाह सक्रिय रूपमा पार्टी राजनीतिमा प्रवेश गर्ने र आवश्यक परे मेयर पदबाट राजीनामा दिने संकेत गरिएको छ। साथै, भ्रष्टाचार र कुशासनविरुद्ध जनस्तरबाट दबाब सिर्जना गर्ने, नीतिगत तथा संरचनागत सुधार अघि बढाउने र आगामी १० वर्षभित्र नेपाललाई मध्यम आय भएको देश बनाउने लक्ष्य तय गरिएको छ।

समानुपातिक उम्मेदवारहरू रास्वपामार्फत नै चुनावमा सहभागी हुने तथा पार्टीसम्बन्धी कागजात निर्वाचन आयोगमा शीघ्र अद्यावधिक गर्ने सहमति भएको छ। तर अन्य वैकल्पिक राजनीतिक शक्तिसँग सहकार्य र उम्मेदवार व्यवस्थापनको विषय भने खुलाइएको छैन।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino