Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिप्रधानमन्त्रीको दौडमा बालेन, दुई हप्ताभित्र महानगर प्रमुखबाट राजीनामा

प्रधानमन्त्रीको दौडमा बालेन, दुई हप्ताभित्र महानगर प्रमुखबाट राजीनामा


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी दुई हप्ताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि उनले महानगरको जिम्मेवारी छोड्न लागेका हुन्।

मेयर बालेन र रास्वपा सभापति रवि लामिछानेबीच आज बिहान भएको छलफलमा बालेन रास्वपाबाट निर्वाचन लड्ने र प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमति भएको स्रोतले जनाएको छ।

सहमति अनुसार प्रधानमन्त्रीको उम्मेदवार बन्नका लागि बालेनले माघ ६ गतेभित्र काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ। यही कारण उनले पदत्यागको प्रक्रिया अघि बढाएका हुन्।

काठमाडौँ महानगरपालिकामा बालेनको कार्यकाल अझै करिब १६ महिना बाँकी रहे पनि निर्वाचनमा सहभागी हुने निर्णयसँगै उनले समयअगावै जिम्मेवारी छोड्ने तयारी गरेका हुन्।

मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार केही अधुरा काम टुंग्याएर उचित समयमा राजीनामा दिने योजना छ।

“केही काम बाँकी छन्, ती दुई हप्ताभित्र सकिएलान् भन्ने अपेक्षा छ। प्राविधिक र राजनीतिक पक्षहरू मूल्याङ्कन गरेर उचित समयमा निर्णय हुनेछ,” उनले बताए।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino