Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिएक्लै चुनाव लड्छ श्रम संस्कृति पार्टी : हर्क साम्पाङ

एक्लै चुनाव लड्छ श्रम संस्कृति पार्टी : हर्क साम्पाङ


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टी कुनै पनि राजनीतिक दलसँग सहकार्य वा एकता नगर्ने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियो सन्देशमार्फत उनले पार्टीको राजनीतिक धार मिसावटविनाको हुने बताए। निर्वाचन नजिकिँदै जाँदा विभिन्न अड्कलबाजी फैलिइरहे पनि ती हल्लाबाट नआत्तिन कार्यकर्ता र समर्थकलाई आग्रह गरे।

“अरू जहाँ–जहाँ मिल्छन्, मिलून्। श्रम संस्कृति पार्टी आफ्नो बाटो आफैँ हिँड्छ,” साम्पाङले भने। उनका अनुसार पार्टीले देशको माटो, श्रम र स्वदेशी सोचमा आधारित राजनीति अघि बढाउनेछ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सहमति सार्वजनिक भएपछि साम्पाङको यो अभिव्यक्ति आएको हो। उनले यस विषयमा पार्टीभित्र अन्योल नराख्न पनि आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino