Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिसहमति पत्रमा हस्ताक्षर हुँदै प्रलोपासँग कुलमानको तालमेल

सहमति पत्रमा हस्ताक्षर हुँदै प्रलोपासँग कुलमानको तालमेल


काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी सहकार्य हुने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सहमति नगरेका कुलमान घिसिङले अन्ततः प्रलोपासँग चुनावी एकतामा जाने निर्णय गरेका हुन्।

दुवै पक्षबीच आज साँझ ६ बजे औपचारिक सहमति पत्रमा हस्ताक्षर हुने तयारी रहेको प्रलोपा अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले जानकारी दिए।

प्रलोपा पार्टीको संरक्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउर्जामन्त्री जनार्दन शर्मा रहेका छन्।

जनार्दन शर्मा उर्जामन्त्री रहँदा नै कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा ल्याइएको थियो।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino