Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठसमाचारम्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद

म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद


काठमाडौं । म्याग्दी प्रहरीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अप्रेसन ब्राभो सेरा’ अन्तर्गत अहिलेसम्मकै धेरै, ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ ।

सबैभन्दा धेरै रमाघुगङ्गा गाउँपालिका क्षेत्रबाट ४८ थान, अन्नपूर्ण गाउँपालिकामा १६, मालिका गाउँपालिका क्षेत्रबाट २०, मङ्गला गाउँपालिकामा १४, धवलागिरि गाउँपालिका क्षेत्रबाट ६ र बेनी नगरपालिकाबाट ११ थान बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बरामद अधिकांश बन्दुक स्थानीय स्तरमै बनाइएका छन् ।

प्रहरीका अनुसार इजाजतपत्र नलिई प्रयोग गरेमा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

जिल्ला प्रहरीका गस्ती टोली र स्थानीयवासीको सहयोगमा गोठ, जङ्गल र खाली घरमा लुकाइएका बन्दुक नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी निरीक्षक सागर तिमिल्सिना ले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको