म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
काठमाडौं । म्याग्दी प्रहरीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अप्रेसन ब्राभो सेरा’ अन्तर्गत अहिलेसम्मकै धेरै, ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
सबैभन्दा धेरै रमाघुगङ्गा गाउँपालिका क्षेत्रबाट ४८ थान, अन्नपूर्ण गाउँपालिकामा १६, मालिका गाउँपालिका क्षेत्रबाट २०, मङ्गला गाउँपालिकामा १४, धवलागिरि गाउँपालिका क्षेत्रबाट ६ र बेनी नगरपालिकाबाट ११ थान बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बरामद अधिकांश बन्दुक स्थानीय स्तरमै बनाइएका छन् ।
प्रहरीका अनुसार इजाजतपत्र नलिई प्रयोग गरेमा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
जिल्ला प्रहरीका गस्ती टोली र स्थानीयवासीको सहयोगमा गोठ, जङ्गल र खाली घरमा लुकाइएका बन्दुक नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी निरीक्षक सागर तिमिल्सिना ले जानकारी दिएका छन् ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया