प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी, प्रलोपा, र क्रान्तिकारी शक्ति पुनर्गठन तथा रूपान्तरण अभियानबीच राजनीतिक एकताको औपचारिक सहमति भएको छ ।
दुवै पक्षबीच भएको सहमतिपत्रमा प्रलोपाको तर्फबाट निर्वाचन परिचालन तथा वार्ता संवाद समितिका संयोजक जनार्दन शर्मा र अभियानका मिसन संयोजक दलसिंह खत्रीले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय र राष्ट्रियताको संरक्षणलाई मूल आधार बनाएर देशलाई समाजवादतर्फ अघि बढाउने प्रतिबद्धता जनाइएको छ ।
‘जेनजी’ आन्दोलनको अपनत्व, सहिद तथा घाइते परिवारका माग सम्बोधन, सुशासन र सामाजिक न्यायका पक्षमा दृढ पहल गर्ने विषयमा पनि दुवै पक्ष एकमत भएका छन्।
त्यस्तै, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा पुनर्संरचनाको प्रयास गर्ने सहमति गरिएको छ भने सांगठनिक एकताका क्रममा सचिवालयदेखि सबै तहमा सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गरिने जनाइएको छ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा संयुक्त रूपमा उम्मेदवार तय गरी सहभागी हुने सहमति समेत भएको हो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीको नीति र नेतृत्वमा अध्ययन, अनुसन्धान र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिने सहमतिसँगै दुवै पक्षबीचको एकता औपचारिक रूपमा अघि बढेको छ ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया