Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिप्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति

प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी, प्रलोपा, र क्रान्तिकारी शक्ति पुनर्गठन तथा रूपान्तरण अभियानबीच राजनीतिक एकताको औपचारिक सहमति भएको छ ।
दुवै पक्षबीच भएको सहमतिपत्रमा प्रलोपाको तर्फबाट निर्वाचन परिचालन तथा वार्ता संवाद समितिका संयोजक जनार्दन शर्मा र अभियानका मिसन संयोजक दलसिंह खत्रीले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय र राष्ट्रियताको संरक्षणलाई मूल आधार बनाएर देशलाई समाजवादतर्फ अघि बढाउने प्रतिबद्धता जनाइएको छ ।

‘जेनजी’ आन्दोलनको अपनत्व, सहिद तथा घाइते परिवारका माग सम्बोधन, सुशासन र सामाजिक न्यायका पक्षमा दृढ पहल गर्ने विषयमा पनि दुवै पक्ष एकमत भएका छन्।
त्यस्तै, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा पुनर्संरचनाको प्रयास गर्ने सहमति गरिएको छ भने सांगठनिक एकताका क्रममा सचिवालयदेखि सबै तहमा सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गरिने जनाइएको छ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा संयुक्त रूपमा उम्मेदवार तय गरी सहभागी हुने सहमति समेत भएको हो ।

प्रगतिशील लोकतान्त्रिक पार्टीको नीति र नेतृत्वमा अध्ययन, अनुसन्धान र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिने सहमतिसँगै दुवै पक्षबीचको एकता औपचारिक रूपमा अघि बढेको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino